पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना पुष्टि

काठमाडाैं | साउन ७, २०७९

पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना पुष्टि

 


काठमाडौं:    पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

 

काठमाडौँ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार ८३२ जना होम आइसोलेसनमा र १३९ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्